NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ११ गते

‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुले जम्मा गरेको रकम सहकारी सञ्चालकहरूले अपचलन गरी फरार भएपछि बचतकर्ताहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’, ‘निक्षेपको सावा र ब्याज फिर्ता देऊ’, ‘हाम्रो बचत फिर्ता गर’, ‘लाइसेन्सवाला ठगी बन्द गर’लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

आन्दोलनका क्रममा विभिन्न जिल्लाबाट आएका पीडितहरूले आफ्नो पीडा सुनाउँदै राज्यले तत्काल सुनुवाइ नगरे आन्दोलन थप भयावह हुने चेतावनी दिएका छन् ।

तीन वर्षदेखि सीआईबी, मन्त्रालय र विभिन्न आयोगमा धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरुले सहकारी सञ्चालकहरूको घरजग्गा लिलाम गरी पीडितको बचत फिर्ता गर्नुपर्ने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष