पाकिस्तानको विदेश मन्त्रीमा बिलावल भुट्टो नियुक्त
इस्लामाबाद । पाकिस्तान पिपुल्स पार्टी पिपिपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले पाकिस्तानी विदेश मन्त्रीका रुपमा नियुक्त भएका छन् । राष्ट्रपति आरिफ अल्वीले उनलाई विदेश मन्त्रीको सपथ खुवाएका छन् ।
सपथ समारोहमा प्रधानमन्त्री शहबाज शरीफ पनि उपस्थित थिए । ३३ वर्षीय बिलावल भुट्टो पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । उनका बुबा आसिफ अल जर्दारी पाकिस्तानका राष्ट्रपति भइसकेका छन् ।
बिलावल भुट्टो सन् २०१८ मा पहिलोपटक पाकिस्तानको सांसद बनेका थिए । उनी मन्त्री बनेको पहिलोपटक हो ।
पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानमा २३ औं प्रधानमन्त्रीको रुपमा अप्रिल महिनामा शहबाज नयाँ प्रधानमन्त्री बनेका हुन् । उनको क्याबिनेटमा ३४ मन्त्री रहनेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया