अस्पतालको पाँच तलाबाट हाम फालेर एक बिरामीको मृत्यु
काठमाडौं । लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालबाट एक जना बिरामीले आत्महत्या गरेका छन् । अस्पतालमा उपचारत बिरामीले अस्पतालको पाँच तलाबाट हाम फाली आत्महत्या गरेका हुन् ।
पाल्पाको रामपुर सात कठान घर भएका उनलाई नालीमा घाइते अवस्थामा फेला पारेर उपचारको लागि अस्पताल ल्याइएको थियो । जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले लडेर घाइते भएका उक्त बिरामी अस्पतालमा उपचाररत रहेकोे र मंगलबार राती अस्पतालको पाँचौ तलाबाट हाम फाली आत्महत्या गरेको बताए ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया