खाँणको आग्रह, ‘उम्मेदवारी फिर्ता लिनुस्’ : पौडेलको जवाफ, ‘परिस्थिति धेरै अघि बढिसक्यो’
काठमाडौं । सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालविरुद्ध उठेका भरतपुर नगरपालिकाका मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।
कांग्रेस नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार भरतपुर ७ स्थित उनकै निवास गएर गएको आग्रहलाई बेवास्ता गर्दै पौडेलले फिर्ता नलिने अडान लिएका हुन् ।
गृहमन्त्री खाँणले प्रचण्डपुत्री रेनुविरुद्ध उठेका बागी उम्मेदवारलाई भेटे
भेटका क्रममा पौडेलले चितवनवासीको लोकतन्त्र र कांग्रेस बचाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँदै भने, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ ।’
आफूको पार्टीको अनुशासनविपरीत काम गरेको भएर कारबाही गर्न उनले चुनौतीसमेत दिएको स्रोतले जनाएको छ ।
प्रचण्डपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेताका घर–घर चहार्दै गृहमन्त्री खाँण
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया