वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३÷८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।
भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
सामसङ नेपालको दशैं तिहार अफर : टिभी तथा होम अप्लायन्स किन्दा क्यासब्याक र उपहार
-
आइतबार सुन तोलामा २ हजार १ सय बढ्यो
-
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
-
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
-
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो, ५ हजार ८७५ अझै बेपत्ता


प्रतिक्रिया