काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ। काठमाडौँ उपत्यकामा शनिबार ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको समयमा सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि कडाइ गरिएको हो।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना रहेका छन्। यसैगरी, तीव्र गतिमा सवारी चलाउने १ सय १५, सीसी क्यामराको निगरानीमा नियम तोड्ने ४० र ट्राफिक लाइटको रातो बत्तीमा सवारी चलाउने ३७ जनालाई कारबाही गरिएको छ।
त्यस्तै, हर्न बजाएर सवारी चलाउने नौ, लेन अनुशासन पालना नगर्ने दुई र ‘वान वे’ मा सवारी चलाउने सात जना कारबाहीमा परेका छन्। अन्य ट्राफिक कसुरमा १ सय ६१ सवारीसाधन कारबाहीमा परेको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले चाडपर्वको अवसरमा सवारी नियम पालना गराउन विशेष निगरानी र कारबाही अभियान सञ्चालन गर्दै आएको छ।
ताजा अपडेट
-
दशैँपछि खुल्यो बजार, सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो
-
दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा बिक्री
-
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’
-
असोजमा झण्डै ६ अर्ब रुपियाँको विद्युत् निर्यात
-
ब्राजिलमा राष्ट्रपति पदका लागि निर्णायक मतदान, लुला र फ्लाभियोबीच कडा प्रतिस्पर्धा


प्रतिक्रिया