युक्रेनका घाइते र बालबालिकासँग हलिउड स्टार एन्जेलिना जोली
किएभ । हलिउड स्टार अभिनेत्री तथा चलचित्र निर्माता एन्जेलिना जोली शनिबार युद्धग्रस्त युक्रेन पुगेकी छन् । उनी शनिबार युक्रेन पुगेर अनाथ बालबालिका, घाइते, स्वयंसेवकहरुलाई भेटेर कुराकानी गरेकी हुन् ।
उनले युक्रेनबाट निकालिएकाहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग प्रदान गर्ने स्वयंसेवकहरूलाई पनि भेटिन् । उनले युक्रेनको पश्चिमी सहर ल्भिभको आकस्मिक भ्रमण गरेकी क्षेत्रीय गर्भनरले बताएका छन् ।
गर्भनर म्याक्सिम कोजित्स्कीका अनुसार सन् २०११ देखि शरणार्थीहरूका लागि यूएनएचसीआरको विशेष दूत रहेकी जोलीले ल्भिभमा शरण लिएका विस्थापितहरुसँग कुरा गर्न त्यहाँ पुगेकी हुन् । त्यहाँ अप्रिलको पहिलो साता क्रामाटोर्स्क रेलवे स्टेशनमा मिसाइल आक्रमणमा परेर घाइते भएका बालबालिकाहरू पनि थिए ।
पूर्वी युक्रेनी सहरमा भएको उक्त आक्रमण नियोजित रुपमा त्यहाँबाट भाग्न खोज्नेका अधिकांश महिला र बालबालिकाको भीडलाई लक्षित गरेको थियाे, त्यस आक्रमणमा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका छन् ।
जोलीले बोर्डिङ स्कुलमा पुगेर विद्यार्थीहरूसँग कुरा गरिन् र पुनः आफू युक्रेन आउने वाचा गरेको गर्भनरलाई उधृत गर्दै द गार्जियनले लेखेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया