अवैध हातहतियारसहित ४ जना पक्राउ

काठमाडौं । अवैध हातहतियार, खरखजनासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–६ सटाक खोला बस्ने ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्ण बहादुर कामु, ३६ वर्षीय चेत बहादुर दर्लामी र ५० वर्षीय सुन बहादुर आले रहेका छन् ।
उनीहरुलाई शनिबार दिउँसो करिब तीन बजेतिर सोही नगरपालिकाको पाल्पाली सामुदायिक वनबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक सात थान, वाटा बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ पिस, केप ७५ पिस, फलामको चक्कु दुई पिस र पेचकस दुई थान अवैध हातहतियार फेला परेको थियो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया