आर्थिक सङ्कटविरुद्ध एकजुट हुन श्रीलङ्काली राष्ट्रपतिको अपिल
काठमाडौं । देशमा देखिएको आर्थिक सङ्कटविरुद्ध एकजुट हुन श्रीलङ्काका राष्ट्रपतिले सबैलाई अपिल गरेका छन् ।
राष्ट्रपति गोटाबाय राजापक्षले मुलुकको सङ्कट सबैको साझा सङ्कट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उनले आर्थिक सङ्कट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको आर्थिक सङ्कट समाधान गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा आइपर्ने कुनै पनि ठूला समस्याहरूको समाधान कुनै व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न नसक्ने भएकाले सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट समाधानको नेतृत्व लिन सरकार तयार रहेको र त्यस सबै पक्षको पर्याप्त साथ चाहिने उनले बताए ।
राष्ट्रपति राजापाक्षले मुलुकको सङ्कट समाधानका लागि सरकारसँगै मुख्य रुपमा दलहरू पनि जिम्मेबार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
श्रीलङ्कामा पछिल्लो समय आर्थिक र राजनीतिक सङ्कट उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण बस्तु तथा सेवाको अभाव हुने र अत्यधिक मूल्य वृद्धि भएपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको हो ।
बस्तु तथा सेवाको अभाव र मूल्य वृद्धिको विरुद्धमा आम नागरिक आन्दोलित भएपछि तत्कालीन सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक सङ्कट देखिएको थियो।
अहिले सरकारमा अन्य नेताहरूलाई लगिएको भएपनि राजनीतिक सन्तुलन मिल्न बाँकी नै रहेको छ भने सबैलाई समेटेर संयुक्त सरकार बनाउन राष्ट्रपति राजापाक्षले प्रयास गरिरहेका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया