अफ्रिकी देशलाई संवैधानिक प्रक्रियामा फर्किन राष्ट्र संघको आग्रह
डाकार । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार साँझ माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो संवैधानिक प्रक्रियामा फर्किन आग्रह गरेका छन् ।
सेनेगलका राष्ट्रपति म्याकी सालसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रमुखले भने, ‘संवैधानिक प्रक्रियामा छिटो फर्कन तीन देशका अधिकारीहरूसँग वार्ता जारी राख्नु महत्त्वपूर्ण छ ।’
उनले सहेल क्षेत्रको सुरक्षा अवस्थाको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै अफ्रिकी युनियनद्वारा लागू गरिएको र संयुक्त राष्ट्रसंघको समर्थनमा बलियो अफ्रिकी शान्ति स्थापना र आतंकवाद विरोधी अभियानहरु जारी राख्ने वाचा व्यक्त गरे ।
उनले सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई पश्चिम अफ्रिकी देशहरूलाई समर्थन गर्न आह्वान गरेका छन् । गुटेरेस शनिबार साँझ डाकार पुगेका थिए । उनले नाइजर र नाइजेरियाको पनि भ्रमण गर्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया