चीन : जिउँदै बिरामीलाई मृत्यु भएको भन्दै शव वाहनमा राखियो
काठमाडौं । सांघाई केयर होममा एक वृद्ध बिरामीलाई मृत जीवितै शव वाहनमा राखिएको भिडियो सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्राधिकरणले चार अधिकारीलाई बर्खास्त गरेको छ ।
शवगृहमा काम गर्ने दुई व्यक्तिले शवलाई गाडीमा राखेको एउटा भिडियो आइतबार इन्टरनेटमा सार्वजनिक भएको थियो । भिडियोमा कर्मचारीहरुले शव राखेको झोला खोल्दै हेरेर बिरामी अझै जिउँदै छ भनेको सुनिन्थ्यो । यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा आक्रोश मच्चाएको छ ।
सांघाई जिल्लाको पुटुओ सहरका अधिकारीहरूले सोमबार अबेर घटनाको पुष्टि गर्दै बिरामीलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताए । जिल्ला अधिकारीहरुले पाँच जना अधिकारी र एक डाक्टरको परीक्षण भइरहेको बताएका छन् ।
स्थानीय नागरिक मामिला ब्यूरोका उपनिर्देशक र केयर होमका निर्देशकसहित चारजना कर्मचारीलाई बर्खास्त गरिएको छ ।
टियान नामका डाक्टरको मेडिकल लाइसेन्स खारेज गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया