टर्कीका चर्चित अभिनेता पोखरामा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा टर्कीका विश्वचर्चित अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) नेपाल आएका छन् ।
उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रशंसकहरुले स्वागत गरेका छन् ।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दुई दिनका लागि नेपाल आएका हुन् । नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुका साथै बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा नेपाल आएका हुन् ।
उनले पोखरामा फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया