NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

२३ वर्षपछि बर्नमाउथ प्रिमियर लिगमा बढुवा

काठमाडौं । बर्नमाउथ २३ वर्षपछि प्रिमियर लिगमा पुनः बढुवा भएको छ । च्याम्पियनसिपमा नोटम फरेष्टलाई १–० गोल अन्तरले हराउँदै बर्नमाउथ प्रिमियर लिगमा बढुवा भएको हो ।

बर्नमाउथका लागि किफेर मोरीले निर्णायक गोल गरे । सब्सिच्युट खेलाडीका रूपमा मैदान पसेका उनले ८३ औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई जित दिलाएका हुन् ।

च्याम्पियनसिपको यो सिजनबाट बर्नमाउथसँगै फुलहाम पनि प्रिमियर लिगमा बढुवा भएको छ । फुलहामको ९० र बर्नमाउथको ८५ अंक छ ।

त्यसो त फुलहाम सन् २०१९ मा प्रिमियर लिगमा बढुवा भएको थियो । तर लामो समय टिक्न सकेन ।