श्रीलंकाले कम आय भएका परिवारलाई विशेष भत्ता दिने
कोलम्बो । श्रीलंका सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक संकटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ ।
एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, ‘मुलुकमा विद्यमान आर्थिक संकटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महशुस गरी यो कदम लिन लागेको हो ।’
उनले भने, ‘विश्व बैंक समूह अन्तर्गत संकटमा आकस्मिक प्रतिक्रिया प्रणाली (सीईआरसी) कोषको ढाँचा अन्तर्गत मे देखि जुलाईसम्म विशेष भत्ता प्रदान गर्न सोमबारको मन्त्रीमण्डलले अनुमोदन गरेको छ ।’
श्रीलंकामा लामो समयसम्म कोभिड-१९ तथा अन्य कारणले पर्यटकीय गतिबिधि बन्द हुँदा व्यापक आर्थिक मन्दीको सामना गर्नु परेको छ ।
यहाँको खाद्यान्न, आधारभूत समान तथा औषधिलगायत इन्धनमा व्यापक मूल्य वृद्धि भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया