नवदुर्गा गाउँपालिका उत्कृष्ट घोषित

रासस । डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । सात स्थानीय तह रहेको डडेल्धुरामा नवदुर्गाले दिएको स्वास्थ्य सेवा सन्तोषजनक रहेको पाइएकाले जिल्लाको उत्कृष्ट घोषणा गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले उत्कृष्ट घोषणा गरेसँगै शनिबार गाउँपालिकालाई प्रमाणपत्र तथा रु ४० हजार नगद प्रदान गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए । गाउँपालिकाको सुरक्षित मातृत्व, बाल स्वास्थ्य सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन, संस्थागत सुत्केरीलगायत कार्यक्रम सन्तोषजनक रहेको र तथ्याङ्क अभिलेखीकरणदेखि पोषणको क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ताजा अपडेट
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
-
धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन
-
सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
प्रतिक्रिया