ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ताजा अपडेट
-
बालेनले गाडीमा जान नदिएपछि राष्ट्रपतिदेखि प्रधानन्यायाधीश हिँडेरै पुगे इन्द्रजात्रा हेर्न वसन्तपुर
-
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड
-
दीपेन्द्रका बुवा भन्छन्: छोराका कीर्तिमानले देश खुसी भएको छ
-
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
-
एमाले बागमती अधिवेशन: ६ बजेबाट मतदान
प्रतिक्रिया