काभ्रेको रोशीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काभ्रे । काभ्रेको रोशीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
काभ्रेको रोशी गाउँपालिका-११,बढुबेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जीप एकआपसमा ठोक्किदा ५ जना नेपालीको मृत्यु भएको प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका सबैको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत
-
कांग्रेसले असंसदीय व्यवहार देखायो : प्रधानमन्त्री दाहाल
-
विश्वासको मत लिदै प्रधानमन्त्रीले भने, ‘कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ’
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
प्रतिक्रिया