एउटै पसलको खानेकुरा खाएकामध्ये ३५ को मृत्यु

किर्गिस्तान । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ वर्ष भन्दा कम उमेरका बालबालिका बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया