युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते

एएफपी । युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भनेका छन् ।
“दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको जानकारी दिएको छ । पिडित मध्ये अधिकांश युवा रहेको पनि जनाइएको छ । रुसको आक्रमणमा परी सयौँ युक्रेनीहरुको मृत्यु भइरहेका बेला दुर्घटनामा परी २६ युक्रेनीको मृत्यु भएको हो ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया