संवैधानिक परिषदको बैठक बिहान ९ बजे फेरि बस्ने, नियुक्ति टुंग्याउने तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक बुधबार बिहान ९ बजे बस्ने भएको छ । आज अपराह्न पाँच बजे बैठक बसे पनि कुनै निर्णय नगरेकोमा बुधबार बिहान बस्न लागेको हो । मंगलबारकाे बैठकमा संवैधानिक अंगमा नियुक्तिका सम्बन्धमा सैद्धान्तिक छलफल भएको र बुधबार पुनः बस्नेगरी बैठकको मिति तय भएको छ । यसअघि तय भएका बैठक सदस्यहरूको अनुपस्थितिका कारण बस्न सकेको थिएन । बैठक बस्न नसकेपछि सरकारले अध्यादेश नै जारी गरेर तत्काल बहाल रहेका बहुमत सदस्यले निर्णय गर्न सक्नेगरी कानूनी बाटो खुलाएको थियो । प्रधानमन्त्री ओली इतर खेमा र प्रतिपक्षी कांग्रेसले पनि अध्यादेशप्रति कडा आलोचना गरिरहेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया