मूर्ति चोरीको सजाय तोकिएपछि भागेका मगर चार वर्षपछि समातिए
पुष्कर खड्का (रामेछाप) । रामेछापका एक पुरुष चार वर्षपछि पक्राउ परेका छन् ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ४ गौश्वार पासिवान घर भइ हाल ललितपुरको इमाडोल बस्दै आएका ५८ वर्षीय मानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई जिल्ला अदालत, ललितपुरको ०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्धामा दुईवर्र्ष कैद सजाय तोकिएको थियोे । अदालतको फैसला तोकिएलगत्तै मगर फरार रहदै आएका थिए ।
फरार रहेका मगरलाई सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले इमाडोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई जिल्ला अदालत, ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया