अमेरिकाले रुसलाई युद्धमा तान्न खोज्यो : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशलाई युक्रेनसँगको युद्धमा तान्न अमेरिकाले भूमिका खेलेको आरोप लगाइरहेका छन् ।
पछिल्लो समय रुसले युक्रेनको सिमाना नजिकै ठूलो संख्या सेना तैनाथ गरेको छ । यसले यी देशबीच तिक्तता चुलिएको छ । यहीबीच उनले अमेरिकामाथि युद्धमा तान्न खोजेको आरोप लगाएका हुन् ।
रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गरिएको पुटिनको दाबी छ । उनले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई अमेरिकाले बेवास्ता गरेको बताए ।
‘मेरो विचारमा संयुक्त राज्य अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन । तर यसको मुख्य काम रुसको विकासलाई रोक्नु हो। युक्रेन त्यो अमेरिकी लक्ष्यमा पुग्नको लागि एउटा मोहोरा मात्र हो भन्ने देखिन्छ,’ हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि पुटिनले भनेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया