यथास्थितिमा कुनै हालतमा पनि एमसिसी पास हुन सक्दैन : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जालझेल र षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सिन्धुपाल्चोकका विभिन्न दलबाट एकीकृत समाजवादी पार्टी प्रवेश गराउन आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले जालझेल र षड्यन्त्र सफल नहुने दाबी गरे ।

नेपालले एमसिसीकै कारण गठबन्धन नटुट्ने दाबी गर्दै ओलीको जाली कुराको कुनै अर्थ नभएको बताए । ‘ओलीले प्रधानमन्त्रीलाई गठबन्धन तोड्नो एमसिसी पास गर्न सघाउँछु भनेछन्’ नेपालले भने, ‘कति जाली कुरा गर्न सकेको ? आफू र प्रधानमन्त्री शेरबहादुर देउवाबीच एक घण्टा लामो टेलिफोन वार्ता भएको भ्रम फैलाएछन् । उहाँको इच्छा पूरा हुनेवाला छैन ।’
नेपालले यथास्थितिमा कुनै हालतमा एमसिसी पास हुन नसक्ने बताउँदै यसकै कारण गठबन्धनलाई कुनै असर नगर्ने दाबी गरे ।
ओलीले लोकतन्त्र, संविधान र कानूलाई च्यातचुत बनाएका कारण वर्तमान गठबन्धन बनेको स्मरण गर्दै उनले कांग्रेसभित्र गठबन्धन जोगाउनुपर्छ भन्ने पक्ष बलियो रहेको बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया