बारामा करिब तीन लाख नक्कली नोटसहित एक जना पक्राउ
बारा । बारामा नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरियाका किशोरी साह रहेका छन् ।
ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा सवार साहलाई मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको हो ।
उनको साथबाट २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए ।
उनको साथबाट १२ हजार १४५ सक्कली रुपैयाँ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया