रामेछापमा आज थप ९ जनामा कोरोना सङ्क्रमण हुँदा ५१ जना संक्रमणमुक्त
पुष्कर खड्का(रामेछाप) – रामेछाप जिल्लामा आज बिहीबार थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार बिहीबार जिल्लामा २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
अधिकृत थापाले दिएको जानकारी अनुसार मन्थली नगरपालिकामा ३३, रामेछाप नगरपालिकामा ४८, उमाकुण्ड गाउँपालिकामा १७, खाँडादेवी गाउँपालिकामा २२, गोकुलगङ्गा गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा २८, दोरम्बा सैलुङ गाउँपालिकामा ३ र सुनापति गाउँपालिकामा ११ जना गरी १७३ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।
त्यसैगरी जिल्ला अस्पतालमा १६, उमाकुण्ड गाउँपालिकामा २, लिखुतामाकोसी गाउँपालिकामा ८ र सुनापति गाउँपालिकामा १ जना गरी २७ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
बिहीबार थप ५१ जना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ सय ५ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा बिहीबार मन्थली नगरपालिकाबाट १०, रामेछाप नगरपालिकाबाट ११, उमाकुण्ड गाउँपालिकाबाट ४, खाँडादेवी गाउँपालिकाबाट ६, गोकुलगंगा गाउँपालिकाबाट ९, दोरम्बा सैलुङ गाउँपालिकाबाट २, लिखुतामाकोसी गाउँपालिकाबाट १ र सुनापति गाउँपालिकाबाट ८ जना गरी ५१ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया