बलात्कार मुद्दामा दोषी प्रमाणित भइ फरार रहेका खत्री सात वर्षपछि पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अदालतबाट दोषी प्रमाणित भइ बलात्कार मुद्दामा सजाय सुनाइएका अभियुक्तलाई सात वर्षपछि पक्राउ गरेको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय भुपेन्द्र खत्रीलाई बुधबार पक्राउ गरेको हो ।
बलात्कार आरोपमा उनीविरुद्ध जिल्ला अदालत सुर्खेतले २०७१ चैत्र १२ गते दुई वर्ष ५ महिना ९ दिन कैद सजाय तोकेको थियो ।
तर, उनी फरार रहेका थिए । बुधबार बिहान १ बजे पक्राउ गरिएको र कैद भुक्तानका लागि अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु
-
भन्सार विधेयक राष्ट्रिय सभाबाट पारित
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
प्रतिक्रिया