उखुबारी प्रकरण : जग्गाको लेनदेनले तीन जनाको हत्या, तीन जना पक्राउ
काठमाडौं । मोरङ धनपालथान उखुबारीमा माघ १२ गते भेटिएको २ जनाको शव र काठमाडौं गोठाटारमा भेटिएको शवकोबारेमा अनुसन्धान अघि बढ्दै जाँदा लेनदेनका कारण हत्या भएको खुलाशा भएको छ ।
हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
मोरङ जहदाका बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनारलाई विराटनगरबाट, सिराहा–२१ का ३१ वर्षीय अनिलकुमार मण्डललाई काठमाडौं बल्खुबाट र मोरङ धनपालथानकाल ६२ वर्षीय नासिर आलमलाई विराटनगरबाट पक्राउ गरिएको हो ।
धनपालथान–७ का दिलिप सिंहको उखुबारीमा माघ १२ गते, सप्तरीका ३२ वर्षीय शम्भु कुमार चौधरी र सुनसरीका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव गाडिएको अवस्थामा फेला परेको थियो ।
त्यस्तै उक्त समुहका तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बुको शव ललितपुर ठेचो, चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खाल्डो खन्न र पुर्न प्रयोग भएको एउटा कोदालो तथा ६ प्याकेट आयो नुन बरामद गरिएको छ ।
प्रहरीका अनुसार जग्गाको कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया