म्याग्दीमा अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालनमा
म्याग्दी । गत बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका–१, गुर्जाको विद्युत् र सञ्चार सेवा सञ्चालनमा आएको छ । स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मतपछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि–१, गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए ।
उनका अनुसार यही माघ २० गते बिहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको थियो ।
विद्युत् सेवा सञ्चालनमा आएसँगै मोबाइल र इन्टरनेट सेवा समेत खुलेका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए ।
यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया