रुसी र फ्रान्सेली राष्ट्रपतिको भेटवार्तामा युक्रेन प्रमुख विषय
सिन्ह्वा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मस्कोमा भेटवार्ता भएको छ । सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका क्रममा युरोपको सुरक्षा प्रबन्ध र युक्रेनका विषयमा कुराकानी भएको थियो ।
दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्याका साथै युरोपको सुरक्षाका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ । पुटिनले बेलारुस र इयू देशका बारेमा कुरा उठाएका थिए । उनले युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
पूर्वी युक्रेनका द्वन्द्वपीडितको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरूका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।
रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबीचको नियमित बैठकको पनि प्रशंसा गरेका थिए ।
साथै युक्रेनमा पछिल्लो समयमा रुसले आक्रमण गर्नसक्ने भन्ने विषयमा पनि कुराकानी भएको अनुमान गरिएको बताइएको छ । युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यसैले अमेरिका र बेलायतसहितका पश्चिमा देशहरूले रुसले त्यहाँ युक्रेनमाथि हमला गर्न सक्ने बताएका छन् ।
तर रुसले भने यसको खण्डन गर्दै आएको छ । रुसले अहिले युक्रेनमाथि हमलाको कुनै योजना नरहेको बताउँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया