खुल्यो भीमदत्त राजमार्ग

डाेटी । स्थानीयवासीको अवरुद्धका कारण बन्द रहेको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गअन्तर्गतको डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा आज डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत अवस्थामा फेला परेपछि उचित छानविनको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।
गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले गरेको राजमार्ग अवरुद्ध अहिले सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बन्दकर्तासँग घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो । मृतकको शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
यही माघ २३ गते राति बिहेमा गएका नाथ आज घर फर्किने क्रममा गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका हुन् । राजमार्ग अवरुद्ध हुँदा त्यहाँ जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेका प्रहरीचौकी गैराले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया