लागूऔषधसहित एक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७, बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६, एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ एम्पुल लागुऔषध, एक थान मोबाइल र १८ हजार नगद बरामद गरेको उनले भने । कुमाललाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया