डिशहोमले ल्यायो वाइफाई सिक्ससहितको ६ सय एमबिपिएसको इन्टरनेट
काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबिपिएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।
डिशहोमले हाइस्पिड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३०० र ६०० एमबिपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमा नै पहिलोपटक लेटेस्ट वाइफाई प्रविधिको वाइफाई सिक्स राउटर र मेस नोडमार्फत ग्राहकहरूले हाइस्पिड इन्टरनेटको मज्जा लिन सक्ने डिशहोमले जनाएको छ ।
डिशहोमले ल्याएको वाइफाई सिक्स राउटर अहिले बजारमा पाइने राउटरभन्दा चारगुणा फास्टार स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ ।
eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषता वाइफाई सिक्स राउटरमा रहेका छन् ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया