भक्तपुरमा प्रचार सामग्री हटाइदै
भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको हाे।
विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिइन ।
उनले नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याचजस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको जनाएकी छिन् । साथै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ ।
मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको छ । मध्यपुरथिमिमा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ मतदाता रहेका छन् । नगरमा १७ मतदानस्थल र ४६ मतदान केन्द्र राखिएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया