अमेरिकी राष्ट्रपतिको कार्यालयमा पहिलो अश्वेत महिला प्रेस सचिव
वासिंटन । क्यारिन जीन पियरे ह्वाइट हाउसको नयाँ प्रेस सचिव हुने भएकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको घोषणा गरेका हुन् । उनले मे १३ देखि प्रेस सचिवको पद सम्हाल्नेछिन् । अहिले प्रेस सचिवको रुपमा जेन साकी रहेकी छन् । पियरेले तत्कालका लागि साकीको सहायकको रुपमा पनि काम गर्नेछिन् ।
उनी ह्वाइट हाउसमा शीर्ष प्रवक्ताको रूपमा सेवा गर्ने पहिलो अश्वेत महिला बनेकी छिन् । राष्ट्रपति जो बाइडेनले आफूलाई क्यारिन पियरेलाई प्रेस सचिवको रुपमा नियुक्त गर्न गर्व लागेको बताएका छन् ।
क्यारिनसँग कठिन काम गरेको अनुभव र प्रतिभामात्र नभएर उनले अमेरिकी जनता र बाइडेन-ह्यारिस प्रशासनबीचको सञ्चारलाई सुदृढ बनाउने विश्वास बाइडेनले गरेका छन् ।
४४ वर्षीय जीन पियरे हाल ह्वाइट हाउसको डेपुटी प्रेस सेक्रेटरीका रूपमा कार्यरत छिन् । उनी उपराष्ट्रपति कमला ह्यारिसको चीफ अफ स्टाफ पनि भइसकेकी छिन् । यसबाहेक उनले सन् २००८ मा राष्ट्रपति बाराक ओबामाको चुनावी अभियान र सन् २०१२ मा बाइडेनको चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
यसअघि, जीन पियरेले पहिले उदारवादी वकालत समूहको मुख्य सार्वजनिक मामिला अधिकारीको रूपमा सेवा गरेकी थिइन् । जीन पियरेले ह्वाइट हाउसका शीर्ष प्रवक्ता जेन साकीको स्थान लिनेछन् ।
एक प्रेस ब्रिफिंगको क्रममा जेन साकीले पियरे पहिलो अश्वेत महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रेस सचिव हुने पहिलो महिला भएको बताएकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया