NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

चुनावमा राम्रा छानेर मात्र भोट हाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो मान्छेलाई भोट दिन आग्रह गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले शुक्रबार बनेपामा आयोजना गरेको चुनावीसभामा उनले आफ्नो जीवनकालमा सबैखाले अभावको अन्त्य भएको देख्न चाहनेले ख्यालख्यालमा भोट नदिन आग्रह गरेका छन ।

राजाले १८ महिनासम्म प्रत्यक्ष शासन चलाउँदा राजाले शासन चलाउने होइन भनेर विरोध गरेपछि सबै छोडेर जनताको नासो जनतालाई नै जिम्मा दिए भनेर छाडेर हिडेको उल्लेख गर्दै उनले राम्रो मान्छेलाई राजनीतिमा ल्याएर सोचविचार गरेर मात्रै भोट दिएको अवस्थामा त्यसको उचित प्रयोग हुने जनाए ।

बेलामा मल नपाउने र जन्माएर बढाएको सन्तानलाई नागरिकतासँगै राहदानी बनाएर विदेश पठाउनुपर्ने देशको बाध्यकारी अवस्था रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि सबैले सोच्ने बेला आएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष