लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले आज विभिन्न प्रकारका लागुऔषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागुऔषधसहित अलीलाई पक्राउ गरेको थियो ।
अलीको साथबाट भेटिएको उक्त मोबिलको डिब्बामा लागुऔषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो । पक्राउ परेका अलीलाई लागु औषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया