बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने
एजेन्सी । बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएको द सन्डे टाइम्सले उल्लेख गरेको छ।
यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ।
बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ ।
डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपीआर र एलपिआर)ले युक्रेनी उत्तेजनाविरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपिल गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्। रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन्।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया