बाबुरामको गृहनगरमा जसपा र एमालेबीच चुनावी तालमेल
काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच चुनावी तालमेल हुने भएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा उनकै पार्टी जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो ।
जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन् ।
जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराई पछिल्लो समय एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कटाक्ष गर्दै आएका छन् । तर, चुनावी स्वार्थका लागि उनकै पार्टीले एमालेसँग सहकार्य गर्ने भएको छ ।
हेरौं हस्ताक्षर पत्र :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया