नातिनातिना नपाएको भन्दै छोराबुहारीविरुद्ध मुद्दा दायर

काठमाडौं । नातिनातिना नपाएको भन्दै एक दम्पतीले आफ्नै छोराबुहारीविरुद्ध मुद्दा हालेका छन् । भारतको उत्तराखण्ड राज्यका ती दम्पतीले विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नपाएको भन्दै आफ्ना एक मात्र छोरा र उनकी श्रीमतीविरुद्ध मुद्दा हालेका हुन् ।
६१ वर्षीय सञ्जिव र ५७ वर्षकी साधना प्रसादले आफ्नो छोरा हुर्काउन, पाइलट पढाउन र विवाहका लागि धेरै खर्च गरेको भन्दै उनीहरुले अबको एक वर्षभित्र छोराछोरी नपाए ६ लाख ५० हजार डलर क्षतिपूर्ती दिनुपर्ने माग गरेका छन् ।
उनीहरुको छोरा र बुहारीले यसबारे केही टिप्पणी गरेका छैनन ।
यसले गर्दा आफूहरुलाई छोरा बुहारीले मानसिक उत्पीडन गरेको आधारमा मुद्दा दायर गरिएको थियो । प्रसादले आफ्नो सबै पैसा छोराका लागि खर्च गरेको बताएका छन् । अवकाशपछि नातिनातिनासँग खेल्न पाउने आशमा उनीहरुले ३५ वर्षीय छोरा श्रेय सागरले अमेरिकाबाट पाइलट पढेर आएर भारतमा जागिर सुरु गरेपछि सन् २०१६ मा ३१ वर्षीया शुभाङ्गी सिन्हासँग विवाह गरिदिएको बताएका छन् ।
हरिद्वारमा दायर गरिएको मुद्दामा अदालतले मे १७ मा सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया