सर्वदलीय बैठकपछि सभामुखले भने, ‘सहमति भए एमसिसी रोक्दिनँ’
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबुल हुनबाट नराक्ने बताएका छन् ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
संसद्मा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेको सभामुख सापकोटाको भनाइ थियो ।
साथै, उनले संसद् सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सहभागी थिएन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया