सर्वदलीय बैठकपछि सभामुखले भने, ‘सहमति भए एमसिसी रोक्दिनँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबुल हुनबाट नराक्ने बताएका छन् ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
संसद्मा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेको सभामुख सापकोटाको भनाइ थियो ।
साथै, उनले संसद् सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सहभागी थिएन ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया