स्याङ्जाको गल्याङमा कांग्रेसलाई अग्रता
काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस उम्मेदवारले अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार गुरुप्रसाद भट्टराईले एमालेका सूर्यप्रसाद गैरे (पारस)लाई ६९८ मतले पछाडि पारेका छन् । उनीहरूले क्रमशः ७ हजार ६१८ र ६ हजार ८८३ मत हासिल गरेका छन् ।
उपप्रमुखमा अहिलेसम्म हेमा न्यौपानेको अवस्था सुदृढ छ । उनले ७ हजार २२३ मत हासिल गर्दा उनलाई एमालेकी देवीसरा थापाले ७ हजार ३६ मतका साथ पछ्याइरहेकी छन् ।
गल्याङमा हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडाको गणना सम्पन्न भइसकेको छ । वडा नं. ९ मा अहिले गणना जारी छ भने बाँकीमा पनि तयारी गरिएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया