झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ पशुपति टोलका ७० वर्षीय पेना किसान छन् ।
सोमबार दिउँसो पौने ४ बजे टिमाई खोलाको बगरमा हिँडिरहेको अवस्थामा किसानलाई हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया