चार गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी विजयी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) चार गाउँपालिका अध्यक्षमा विजयी भएको छ । सत्ता गठबन्धन दलसमेत रहेको सो दलले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म चार स्थानमा विजयी भएको हो ।
पछिल्लो मतपरिणाम अनुसार दुर्गाबहादुर पुन ३ हजार १६० मतसहित सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले २ हजार ९ सय ३६ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी भएका छन् ।
यसैगरी उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एकीकृत समाजवादीकै मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । उनले ४ हनार ९४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमलेका गोपाल खत्रीले ४ हजार १ सय १४ मत ल्याएका छन् । मगर गत निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । उपाध्यक्षमा कांग्रेसका खड्काले ४ हजार ६ सय ४८ मत ल्याई विजय भए ।
यसअघि छार्का डोल्पाको ताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ र काईके गाउँपालिकाको अध्यक्षमा अंगद कुमार राना निर्विरोध निर्वाचित भइसकेका थिए ।
नेकपा (एस)ले देशभर प्रमुखमा १७ स्थानमा अग्रता लिएको छ । ९ पालिकामा उपप्रमुखमा विजयी भएको छ भने १६ स्थानमा अग्रता लिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया