पाल्पाको रम्भामा मतगणना अन्योल
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका मतगणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो ।
मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको संख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । निर्वाचन आयोगबाट मतगणनाकार्य गर्न आदेश आए पनि दलहरुबीच विवाद हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
खसेको मतभन्दा ७४ मत फर्जी भेटिएपछि विवाद भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाइ पुनः मतदानको माग गरेका छन् । मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।
रम्भास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको विभिन्न चरणका बैठकले स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया