शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित भएका छन् । शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएका हुन् ।
एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।
तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार थिए । प्रमुखमा पराजित थापा मंसिरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए ।
नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित भएका छन् । नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई/दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया