संगीतकार भेन्जलिसको निधन
काठमाडौं । ओस्कार विजेता ग्रीक संगीतकार भेन्जलिसको ७९ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा उनको निधन भएको स्थानीय समाचार संस्थाले जनाएका छन् ।
उनी फ्रान्स, एथेन्स र लन्डनमा समय समयमा बस्दै आएका थिए । उनको निधनपछि निजी वकिललाई उधृत गर्दै एएनए न्युज एजेन्सीले ‘हामी दुखका साथ भन्छौं, भेन्जलिस पापाथानासिउले हामी सबैलाई छोडेर गएका छन् ।’
साथै ग्रीस प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले पनि ट्वीट गर्दै सांगीतिक क्षेत्रले अन्तर्राष्ट्रिय कलाकार गुमाएको बताएका छन् ।
सांगीतिक क्षेत्रमा ५० वर्षभन्दा बढी समय बिताएका उनले सन् १९८२ मा ब्रिटिस चलचित्र ‘च्यारिअट्स अफ फायर’ मा थिम म्युजिक विधामा ओस्कार अवार्ड पनि प्राप्त गरेका थिए ।
ग्रीसको सामुद्रिक सहर एग्रियामा जन्मिएका उनले सानैदेखि भाँडाकुँडा ठटाउँदै, पियानोको तारमा किला, सिसा, आदि जोडेर बजाउँदै संगीतको प्रयोग गर्न थालेका थिए । पहिला कन्सर्ट ६ वर्षको उमेरमै गरे पनि उनले संगीतको औपचारिक अध्ययन गरेनन् ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया