त्रियुगा-१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली
उदयपुर । काठमाडौ निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा अवरुद्ध भएको मतदानबारे स्थलगत अध्ययन गरी मुख्य निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा ती सदस्यीय उच्चस्तरीय टोली गठन गरेको छ ।
सो टोली हाल स्थलगत अध्ययनका क्रममा रहेको छ । आयोगको जेठ ५ गतेको निर्णयानुसार टोलीले स्थलगतरूपमा अध्ययन गरी आयोगका तर्फबाट अधिकार प्रयोग गरी आवश्यक निर्देशन दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गत वैशाख ३० गते सञ्चालन भएको उक्त वडाको जनप्रेमी आधारभूत विद्यालय (पुरानो गाईघाट) मतदान केन्द्रमा सञ्चालन भएको मतदान कार्यक्रम अवरुद्ध भएको थियो ।
आयोगले बूढीगंगा नगरपालिको मतदानबारे छानबिन गर्न आयुक्त सगुनशमशेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया