तुलसीपुरमा एमालेको अग्रता कायमै, ५४ हजारबढी मत गन्दा कसले कति ल्याए ?
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार टीकाराम खड्काले २२ हजार ८५९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले २१ हजार २५९ मतले पछ्याइरहेका छन् । खड्काको मतान्तर १ हजार ६०० रहेको छ ।
त्यस्तै उपमेयरमा एमालेका स्यानी चौधरी २२ हजार ४०७ मतले अग्रता लिएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १५ हजार ८७२ मत पाएका छन् । चौधरीको मतान्तर ६ हजार ५३५ रहेको छ । निर्वाचन कार्यलय दाङले दिएको जानकारी अनुसार अहिलेसम्म ५४ हजार १२३ मतगणना भइसकेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया