कराेडाैंकाे चिठ्ठा परेकाे भन्दै ह्वाट्सएपमा म्यासेज गरी ठगी गर्ने युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सोह्रखुट्टे बस्ने ३५ वर्षीय उत्सव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले वाट्सएप, ईमो, भाइबरमार्फत चिठ्ठा परेको म्यासेज गरी मानिसहरुसँग बैंक खाता माग्दै आएका थिए ।
उनले आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भएको र अमेरीकाबाट सञ्चालन भएको चिठ्ठाबाट ६ लाख २७ हजार ६११ युरो परेको म्यासेज पठाएर उनीहरुलाई बैंक खातामा पैसा जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले २८ लाख ७९ हजार रुपैयाँ ठगी गरेका छन् । उनलाई ठगीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया