ललितपुरमा दोस्रोपटक मेयरमा निर्वाचित भएका चिरिबाबुका पहिलो तीन निर्णय यस्ता छन्

काठमाडौं । दोस्रोपटक ललितपुर महानगरको मेयरमा निर्वाचित चिरिबाबु महर्जनले पद सम्हालेपछि पहिलोपटक तीनवटा निर्णय गरेका छन् ।
एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई भारी मतले पराजित गरेर पदभार ग्रहण गरेपछि पहिलो निर्णय गर्दै महर्जनले वडाबाटै विकास निर्माणसहितका काम हुने, राजस्व अनलाइनबाट तिर्ने र चक्रपथ बाहिरको फोहोरमैला पनि महानगरपालिकाले उठाउने निर्णय गरेका हुन् ।
पदभार सम्हाल्दै महर्जनले यी तीन कुरामा आफूले प्राथमिकता दिने बाएका हुन् । वडाबाट हुने कामका लागि महानगर नधाउनसमेत उनले आग्रह गरे ।
महानगर भए पनि यस अघि सबै वडाको फोहोर संकलन हुन सकेको थिएन । तर महानगरकै सक्रियतामा अब फोहोर संकलन हुन लागेको हो । यसको लागि बढीमा एक महिना कुर्नुपर्ने उनको भनाई छ ।
१८ हजार एक सय ६२ मतको भारी अन्तरले चिरिबाबु विजयी भएका हुन् । अघिल्लाेपटक ३२६ मतान्तरले मात्रै विजयी भएका थिए ।
उपमेयरमा भने एमाले उम्मेदवार मञ्जली शाक्य विजयी भइन् ।
प्रतिक्रिया